काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाज नेपाल

वि.सं. २०७७ देखि २०८१ सम्म सञ्चालन भएको बृहत् वंशावली अभियानबाट देशभरका ९४१ परिवारलाई एकत्रित गर्दै स्थापित संस्था हो काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाज नेपाल। गोत्रीय पहिचान, इतिहास संरक्षण र सामाजिक एकता यस संस्थाका मूल उद्देश्यहरू हुन्।

हाम्रो पहिचान र इतिहास

काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशको इतिहास नेपालको समृद्ध सांस्कृतिक र ऐतिहासिक परिप्रेक्ष्यमा एक महत्वपूर्ण आधार हो। यो वंश प्राचीन कालदेखि नै आफ्नो शौर्य, साहस, र धार्मिक परम्परामा आधारित रहँदै आएको छ। काश्यप गोत्रीय परिवारले युद्ध, प्रशासन र समाजिक जीवनमा योगदान पुर्याउँदै इतिहासमा विशेष स्थान बनाएको छ।

यस वंशको परम्परा र संस्कारले हामीलाई न केवल हाम्रो पहिचान दिन्छ, बरु सामाजिक र सांस्कृतिक दायित्वको महसुस गराउँछ। काश्यप गोत्रीय घिमिरे खड्का क्षत्रीहरूको योगदान र संघर्षको इतिहास हाम्रा पिढ़ीहरूलाई प्रेरणा दिने गर्दछ। हाम्रो धार्मिक विश्वास र संस्कृति अझै पनि समाजमा गहिरो प्रभाव छोड्दछ।

हाम्रो इतिहासको रक्षाका लागि विभिन्न पहलहरू भएका छन् र तीलाई संरक्षण गर्नका लागि हामी सधैं प्रतिबद्ध छौं। यही कारणले हामी काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाजलाई एकजुट गर्दै त्यसको सम्पूर्ण इतिहासलाई आगामी पुस्तासम्म पुर्याउने काममा लागिरहेका छौं। यो ऐतिहासिक कड़ीले हामीलाई आज र भविष्यमा एकता र समृद्धिको मार्गदर्शन प्रदान गर्दछ।

संस्थाको संक्षिप्त परिचय

नेपालका सात प्रदेश, २७ जिल्ला, ७० पालिका, २९५ गाउँ÷टोल, ९४१ परिवारका सदस्यहरूलाई वि.सं. २०७७ बैशाखबाट २०८१
बैशाखसम्म अनवरत रूपमा सञ्चालित बृहत् वंशावली ग्रन्थ निर्माण अभियानमार्फत् सङ्गठित गरी वि.सं. २०८१ बैशाख २५ गते स्याङ्जा
जिल्ला प्रशासन कार्यालयमा दर्ता (नं. २७५०) भएको आधिकारीक संस्था हो काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाज नेपाल ।

यस संस्थाका उद्देश्यहरू:

  • देश तथा विदेशमा बसोवास गर्ने काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री दाजुभाइ दिदीबहिनीहरूलाई पहिचान एवम् सङ्गठित गर्दै काश्यप
    गोत्रीय घिमिरे खड्का समाज नेपालमा आवद्ध गर्ने र बृहत् वंशावली ग्रन्थ प्रकाशन गर्ने ।
  •  काश्यप गोत्रीय घिमिरे खड्का वंशको गर्विलो इतिहासलाई गहन शोध, अनुसन्धानमार्फत् अभिलेखीकरण गरी हाम्रा पुख्र्याैली
    विरासतको संरक्षण गर्ने ।
  • गोत्र, थर र प्रवर पहिचान नहुँदा काश्यप गोत्रीय घिमिरे खड्का दाजुभाइ दिदीबहिनीहरूबिच अनजानमा वैवाहिक सम्बन्ध समेत जोडिन
    सक्ने सम्भावनालाई निरुत्साहित गर्ने, समाप्त गर्ने ।
  • ‘खड्का क्षत्री’ थरलाई सहजताको लागि सङ्क्षिप्तमा ‘के.सी.’ लेख्ने बढ्दो प्रचलनले कालान्तरमा आफ्नै गोत्रीय दाजुभाइ
    दिदीबहिनीहरूसमेत पहिचान गर्न गाह्रो हुन सक्ने सम्भावना देखिएको हुँदा अब उप्रान्त हाम्रो वंशका सबै छोरोछोरीहरूको नामको
    पछाडि ‘खड्का क्षत्री’ थर अनिवार्य रूपमा लेख्न लगाउने ।